बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



दाङ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही कुलमोडमा आइतबार अपराहन्न बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

नेपालगञ्जदेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल लमही नगरपालिका–६, कुलमोडमा एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक प्युठान सरुमैरानी गाउँपालिका प्यूठान बाङ्गेशाल निवासी ३० वर्षीय रेशम भुसालको ज्यान गएको हो ।

भुसालको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।