बसको ठक्करबाट बुटवलमा अर्घाखाँचीका २ जनाको मृत्यु
बुटवल- बुटवल धागो कारखाना नजिकै लु २ ख १५२७ नम्बरको बसको ठक्करबाट साइकलमा सवार २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका ६ का ३८ वर्षीय रामप्रसाद पुन र सोही ठाउँका २४ वर्षीय कमल कँडेल रहेका छन्। उनीहरुको उपचारको क्रममा लुम्बिनी अञ्चाल अस्पताल बुटवलामा बिहीबार राति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।