गुडिरहेको यात्रु बसमा एक्कासी आगलागी
दाङ- दाङमा गुडिरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ। सोमबार बिहान ६ बजे तुलसीपुरको १३ बखरियामा गुडिरहेको बेला बसमा आगलागी भएको हो।
ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ। बसमा करिब १५ जना सवार थिए।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले जानकारी दिए। रासस