पिकनिकका लागि गएको शंकरदेव क्याम्पसको बस दुर्घटना - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

पिकनिकका लागि गएको शंकरदेव क्याम्पसको बस दुर्घटना



हेटौँडा– वनभोजका लागि मकवानपुरको मार्खु आउँदै गरेको काठमाडौंको शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ ।

इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा।३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठसहित तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाण्डु पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । शंकरदेवको स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू पर्यटकीय गन्तव्य मार्खुमा वनभोजका लागि आएको प्रहरीले जनाएको छ । बसमा ४० जना विद्यार्थी सवार थिए । दुर्घटनाको कारण भने पत्ता नलागेको प्रहरीले जनाएको छ ।