बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या सात - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या सात



बाग्लुङ : पर्वतको मालढुंगामामा बिहिबार विहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।

तीनजनाको घटनास्थलमै र अन्य चार जनाको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको हो। मृत्यु हुने कसैको पनि नाम ठेगाना खुलेको छैन।

गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको जनाएका छन्। घाइतेमध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ।

अन्य घाइतेको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार भैरहेको छ । पर्वतको ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीका अनुसार म्याग्दीको बेनीबाट चितवनको नारायाणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस सडकबाट झण्डै १ सय ५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको थियो।