नवलपरासीको अरुणखोलमा बस दुर्घटना, ११ जना घाइते - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

नवलपरासीको अरुणखोलमा बस दुर्घटना, ११ जना घाइते



कावासोती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

बर्दियाबाट काठमाडाैंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किँदा सो दुर्घटनामा भएको हो। दुर्घटनमा परि घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताए। घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको छ।

गएराति भएको अर्को सवारी दुर्घटनामा १ जना घाइते भएका छन्। देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका थिए।

उनको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस ,फाईल तस्बिर