काठमाडौ आइरहेको बस दुर्घटना, २९ यात्रु घाइते, ३ गम्भिर - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

काठमाडौ आइरहेको बस दुर्घटना, २९ यात्रु घाइते, ३ गम्भिर



काठमाडौं-सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो।

बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरीले बताएको छ । प्रहरीका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ।

उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ।

केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ।

बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो। गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो।

बसमा ३९ जना यात्रु सवार थिए।