जसप्रीत बुमराहको गुनासो : मुभमेन्ट मिलेन - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

जसप्रीत बुमराहको गुनासो : मुभमेन्ट मिलेन



एजेन्सी – भारतका फास्ट बलर जसप्रीत बुमराहले इङ्ल्याण्डको पिच सबैभन्दा सपाट रहेको बताएका छन्।

उनले सपाट पिचका कारण बलरहरूलाई कुनै ‘मुभमेन्ट’ नमिलेको बताए।

‘मैले जति पनि क्रिकेट खेले त्यसमा इङ्ल्याण्डको पिच सबैभन्दा सपाट छ। यी पिचले बलरलाई कुनै सहयोग गर्दैन’, उनले भने ‘यहाँ बादल मडराइरहने हुँदा स्वीङ होला जस्तो लाग्छ तर बल न स्वीङ हुन्छ न सिम।’

उनले इङ्ल्याण्डको पिच सपाट भएका कारण बलिङका क्रममा हुनसक्ने सबैभन्दा खराब अवस्थालाई ध्यानमा राख्दै खेल्ने बताए।

‘तपाईले आफ्नो सटिकता र स्पष्टतामा भरोसा गर्नुपर्ने हुन्छ। हामीलाई थाहा छ इङ्ल्याण्डको विकेट सपाट छ। थोरै पनि सहयोग पिचबाट भयो भने सामञ्यस्ता बनाउन सजिलो हुन्छ’, उनले भने।

त्यसैगरी उनले विकेट हेरेर टोलीको संयोजन गर्नु राम्रो हुने बताए।

‘यदि यी चिजलाई ध्यान दिइएन भने म्याचको दिन दिन सहि के हो त्यो हेर्नुपर्छ। विकेटबाट सहयोग नहुने भए, हामीले हाम्रो ताकतमा ध्यान दिनुपर्छ’, उनले भने।