बुटवलको मिलनचोकमा बम बिस्फोट - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

बुटवलको मिलनचोकमा बम बिस्फोट



बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजे बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्।

स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।