कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै बुलबुले ताल (फोटो फिचर) - Himal Post Himal Post
  • १६ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
Logo

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै बुलबुले ताल (फोटो फिचर)



विशाल पाण्डेय/सुर्खेत 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको ताल हो बुलबुले ।

साढे ३१ विघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको यहाँका स्थानीयहरुले बताए ।

समुन्द्र सतहबाट लगभग ६५७ मिटर को उचाइमा अवस्थित यो तालमा पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुरदेखि उत्तरतर्फको रत्न राजमार्ग हुँदै करिब ८७ किलोमिटरको यात्रापछि सुर्खेत उपत्यका वीरेन्द्रनगर बजार पुगिन्छ । बजार क्षेत्रमै बुलबुले ताल रहेको हुँदा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने स्थानीयले बताएका छन् ।

प्रदेश राजधानीको मुख्य भागमा रहेको बुलबुले उद्यानमा पिकनिक क्षेत्र, डुंगा सवारी, रंगीन बगैचा, बाल उद्यान, सुन्दर फुलहरु , धार्मिक स्थल लगायतका संरचनाहरु रहेका छन् ।

वीरेन्द्रनगरको मुटुमै पर्ने बुलबुले ताल मुख्य पर्यटकीयस्थलको रुपमा रहेपनी सरकारले सार्वजनिक गरेका सयवटा पर्यटकीय गन्तव्यस्थलको सूचीमा बुलबुले ताल नपर्नाले ओझेलमा पर्ने हो कि भन्ने चिन्ता सरोकारवालाहरुले ब्यक्त गरेका छन् ।

 

तस्बिर : विशाल पाण्डेय / हिमाल पोस्ट