बुलबुले क्याम्पसमा लगाइएको ताला एक सातापछि खुल्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बुलबुले क्याम्पसमा लगाइएको ताला एक सातापछि खुल्यो



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालीका -१० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा एक सातापछी अनिश्चितकालिन तालाबन्दी खोलिएको छ ।

लामो समयदेखि संचालनमा रहेको क्याम्पसको तदर्थ समितिको खारेजीको माग गर्दै नेपाल बिद्यार्थी संघ घोडाघोडी नगर समितिले मंसिर १८ गतेदेखि लगाएको अनिश्तिकालिन तालाबन्दी मंगलबारदेखि खोलिएको हो ।

नेविसंघ घोडाघोडी नगर संयोजक कलक जंग सिंहद्बारा हस्ताक्षर विज्ञप्तिमा, मंगलबार समितिका उपाध्यक्ष सहित बहुमत सदस्यहरुले सार्वजनिक रुपमा राजीनामा दिएपछि समितिको अस्तित्व नरहने र स्वत विघटन हुने कानुनी व्यवस्था हुने भएकोले मंगलबारकै मिति देखि सो तालाबन्दी खोलिएको उल्लेख गरिएको छ ।