संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो: विष्णु पौडेल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो: विष्णु पौडेल



काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकारले संविधानसम्मत रुपमा नै बजेट ल्याएको दाबी गरेका छन्।

शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन्।

‘कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो। यो बहस हुनुलाई मैले सकारात्मक रुपमा लिएको छु,’ उनले भने, ‘सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो। यस्तो संकटको बेला झन् बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन।’

उनले बजेटप्रति सकारात्मक प्रतिक्रिया बढी आएको र कार्यान्वयनमा प्रश्न उठाएको भन्दै कार्यान्वयन गर्नकै लागि बजेट ल्याइएको दाबी गरे।