झलनाथ खनाललाई नछोएको बजेट - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

झलनाथ खनाललाई नछोएको बजेट



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठताको वरीयता विवाद चर्किएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

पार्टी एकीकरणका क्रममा माधव कुमार नेपाललाई पहिलो वरिष्ठताको वरीयतामा राखेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट हुँदै आएका छन् ।

पूर्व एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणपछि बनेको नेकपाको पहिलो वरिष्ठ नेता पाउनुपर्ने बताउँदै आएका छन् ।

वरिष्ठताको दोस्रो वरीयतामा राखेपछि पूर्वप्रधानमन्त्रीसमेत हरेका खनालले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग असन्तुष्टि जनाउँदै आएका छन् ।

मंगलबार व्यवस्थापिका संसदमा पेश भएको बजेट प्रस्तुत गर्ने क्रममा पनि वरिष्ठ नेता खनाल अनुपस्थित रहेका थिए ।