बुद्ध नेपाल मै जन्मेको हो भन्ने सन्देश संसारमा फिजाउ
काठमाडौं : काठमाडौं स्थित टुँडिखेलमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नका लागि ७५ हजार जनाले बुद्धको उपदेश ‘धम्मपद’ सस्वर वाचन गर्ने कार्यक्रको सम्पूर्ण तयारी पूरा भएको छ ।
परिषद्ले दिएको जानकारी अनुसार मुलुकको गौरबलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागि हुनका लागि अपिल गर्दै तयारी पूरा भएको जानकारी गराएको छ।
बुद्ध बचन वाचन गर्ने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१४ मा भारतमा ४६ हजार ६६० जनाको सहभागिताबीच रेकर्ड कायम गरिएको थियो । त्यही कीर्तिमान तोडेर नयाँ विश्व कीर्तिमानी कायम गर्नका लागि परिषदले यो कार्यक्रमको आयोजना गर्न गरेको हो ।
परिषदका वरिष्ठ उपाध्यक्ष विष्टकाअनुसार उक्त कार्यक्रमको लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख संरक्षकको रुपमा रहेका छन् भने पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, लोकेन्द्र बहामदुर चन्द, खिलराज रेग्मीलगायत संरक्षकको रुपमा रहेका छन् । त्यस्तै यसमा कलाकार, लेखक, पत्रकार, बुद्धिजिवीहरु सदभावना दूतको रुपमा रहेका छन् ।
बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले बताइन् । अर्का उपाध्यक्ष अक्कल बहादुर तामाङले कार्यक्रमको प्राविधिक तथा व्यवस्थापकीय तयारी विशेष तरिकाबाट तयारी गरिएको भन्दै यसलाई सफल पार्नका लागि साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।