बुद्ध लामा एक्कासि बेहोस: अस्पताल भर्ना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुद्ध लामा एक्कासि बेहोस: अस्पताल भर्ना



काठमाडौँ – पहिलो नेपाल आइडल तथा गायक बुद्ध लामा एक्कासि बेहोस भएपछी अस्पताल भर्ना भएका छन् ।

गीत रेकर्ड गर्दा गर्दै बिरामी परेका उनि घर फर्कने क्रममा एकाएक बेहोस भएपछी नर्भिक अस्पतालमा भर्ना भएको बताइएको छ ।

आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् ।

 

बेहोस भएर लडेका लामालाई तुरुन्तै नर्भिक अस्पताल लगियो । अहिले नर्भिक अस्पतालमा उनको  उपचार चलिरहेको छ । उनको रगतमा समस्या देखिएको नर्भिक अस्पतालले बताएको छ  ।

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।