बुद्ध एयरको चलखेल, कैयौँ यात्रुको ज्यान जोगाउने पाइलटमाथि कारबाही
काठमाडौं- असोज ११ गते जहाजको पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गराएका पाइलटलाई बुद्ध एयरले कारबाही गरेको छ । कैयौं यात्रुको ज्यान बचाएको भन्दै सर्वत्र वाहवाही कमाएका पैलातालाई बुद्ध एयरले तीन महिनाको लागि निलम्बन गरेको छ ।
कम्पनीको व्यापारमा असर पर्ने देखिएपछि बुद्ध एयरको चलखेलमा जहाजका पाइलटलाई ‘दोषी’ देखाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै पाइलटलाई दोषी ठहर गरेको हो ।
पाइलट एजी शेर्पाले त्यो बेलामा चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले पाइलटलाई तीन महिना निलम्बन गर्न सिफारिस गरेको छ ।
छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि नागरिक उड्डयन प्राधिकरणले आफ्नो सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको छ ।