बुटवलमा चौतारी रिडर्स क्लब गठन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बुटवलमा चौतारी रिडर्स क्लब गठन



बुटवल – बुटवलका अध्ययनशील युवाहरुले पठन संस्कृतिको विकासका लागि चौतारी रिडर्स क्लव गठन गरेका छन् । शनिबार चिया चौतारी बुक क्याफेमा सम्पन्न प्रारम्भिक भेलाले क्लब गठन गरेको हो ।

क्लबको प्रारम्भिक भेलाले कुल प्रसाद शर्मालाई क्लबको अन्तरिम संयोजक चयन गरेको छ । त्यस्तै शर्माकै संयोजकत्वमा ७ सदस्यीय कार्यकारी समिति निर्माण गरेको छ । समिति सदस्यहरुमा सुर्जन तिवारी, सरिता अर्याल, सफत अलि, अच्यूत गौतम एवं प्रेम बहादुर अर्याल रहेका छन् ।

क्वलका सदस्यहरुमा मनिकर कार्की, नर बहादुर सुनार, कृष्ण पाण्डे, रामचन्द्र श्रेष्ठ, पारश राहाडी मगर, टंक राउत, वसन्त आचार्य, पुरन भट्टराई, पंकज राई, गणेश थापा, शंकर पुरी, विष्णु भट्टराई, अनिल काफ्ले, महेन्द्र केवट, कविराज पौडेल, सीपी खनाल, मीनाक्षी न्यौपाने, शान्ता आचार्य, लक्ष्मण पोखरेल, नवराज अधिकारी, प्रमोद तिवारी बलिराम गुप्तालगायत रहेका छन् ।

प्रादेशिक राजधानी सहर बुटवलको पठन संस्कृतिको प्रवद्र्धन गर्दै वैचारिक बहस र विमर्शका कार्यक्रमहरुलाई अगाडि बढाउने उद्देश्यका साथ क्वल गठन भएको क्लवका एक पहलकर्ता मनिकर कार्कीले बताए । त्यस्तै क्वल गठन प्रक्रियालाई मध्यस्थता गर्दै आएका अध्येता कृष्ण पाण्डे (क्रिष्प्याण्डो) ले बुटवललाई बौद्धिक नगरीको रुपमा परिचित गराउने लक्ष्यका साथ क्वल गठन गरिएको बताए । भेलालाई सम्बोधन गर्दै बदलिँदो बुटवलमा मौलाउँदै गएको सहरी संस्कृतिको प्रवद्र्धनका लागि क्वल सार्थक पहल हुने अध्यता रामचन्द्र श्रेष्ठले बताए ।

त्यसैगरी क्वलका संयोजक कुल प्रसाद शर्माले बुटवलले हरेक विषयमा सार्वजनिक दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको र त्यसलाई परिपूर्ति गर्ने काममा रिडर्स क्वल सफल हुने विश्वास व्यक्त गरे । भेलामा सहभागीहरुले क्लव गठनले बुटवललाई बौद्धिक स्थलको रुपमा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।