१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्
ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीा विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो ।
शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उहाँको भनाई छ ।
कमजोरीकै कारण उहाँको कान र आँखामा असर गरेको छ ।
बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।