वृद्धभत्ता पाँच हजार पुग्छ:मन्त्री पोखरेल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

वृद्धभत्ता पाँच हजार पुग्छ:मन्त्री पोखरेल



ठमाडौं । नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उहाँले बताउनुभयो ।

बुधबार नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले उक्त धारणा राख्नुभएको हो । समाचार नागरिक दैनिकले प्रकाशित गरेका छ ।

मन्त्री पोखरेलले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग समेत उल्लेख गर्नुभयो । नेता पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने धारणा राख्नुभयो ‘वृद्धभत्ता पाँच हजार पुग्छ’, उहाँले भन्नुभयो ।