Breaking News आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
असोज २, काठामाडौं-
नेपाल आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।
विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।
मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो ।