ब्राजिलमा गोली हानाहान हुँदा प्रहरीसहित २५ जनाको मृत्यु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ब्राजिलमा गोली हानाहान हुँदा प्रहरीसहित २५ जनाको मृत्यु



एजेन्सी- ब्राजिलमा गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा तस्करहरुसहित सुरक्षाकर्मीको ज्यान गएको हो

बिबिसीका अनुसार राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्।

लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो। त्यसपछि गोली हानाहान भएको थियो।