ब्राजिलमा कोरोना संक्रमणको अवस्था कहालीलाग्दो
काठमाडौं- ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण कहालीलाग्दो अवस्था बनेको छ । निकै छोरो समयमा मृत्यु हुनेको संख्या ४० हजार ९ सय २० पुगेको छ ।
ब्राजिलको नेशनल काउन्सिल अफ हेल्थको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार भन्दा धेरै रहेको छ ।
बितेको चौबिस घण्टामा मात्रै ब्राजिलमा कोरोना संक्रमणका कारण १२४० भन्दा धेरैको मृत्यु भएको छ भने ३० हजार ४ सय भन्दा धेरै संक्रमित फेला परेका छन् ।
ब्राजिलमा सबैभन्दा धेरै मृत्यु साओ पाओलोमा भएको छ, जहाँ अहिलेसम्म १०१४५ मानिसको मृत्यु भएको छ ।
यसका सथै रियो दि जेनेरियोमा अहिलेसम्म ७ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
ब्राजिको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख ४५ हजार संक्रमित निको भएका छन् ।