ब्राजिलमा बेहाल - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

ब्राजिलमा बेहाल



बीबीसी- ब्राजिलमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। त्यहाँ २४ घण्टामै १ हजार २६२ जनाको मृत्यु भएको हो। साथै मृतकको संख्या ३१ हजार नाघेको छ।

ब्राजिल सरकारले कोरोना भाइरसको संक्रमण रोक्न अझै पर्याप्त कदम नचालेको प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनले बताएको छ। भाइरसको फैलावट रोक्न लागू गरिएको लकडाउन नखोल्न पनि उसले सरकारलाई आग्रह गरेको छ।

ब्राजिलका आदिवासीमा कोरोना संक्रमण फैलिन सक्ने बारे पनि चिन्ता व्यक्त गरिएको छ। अमेजन क्षेत्रमा भइरहेको अवैध अतिक्रमणबाट आदिवासी खतरामा रहेको बताइएको छ।

ब्राजिलको ठूलो आदिवासी समुदायमध्येको एक यानोमामीका कैयौं सदस्यको मृत्यु भएपछि त्यहाँको खनिजस्थल हटाउन माग भइरहेको छ। आदिवासी समुदाय अन्य मानिसहरुसँग टाढै बस्न रुचाउँछन्।