मेस्सी खेल्न सकेनन : अर्जेन्टिना बाहिरियो, ब्राजिल सेमिफाईनलमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेस्सी खेल्न सकेनन : अर्जेन्टिना बाहिरियो, ब्राजिल सेमिफाईनलमा



काठमाडौं- अर्जेन्टिना कोपा अमेरिका कपबाट बाहिरिएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको हो ।

घरेलुमैदानमा भएको खेलको १९ ‌औं मिनेटमा ब्राजिलका लागि रोबर्टो फिर्मिनोको पासमा ग्राबियल जिससले गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ७१ औं मिनेटमा जिससको पासमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

कोपाको सेमिफाईनलबाट बाहिरिएसंगै ठूलो प्रतियोगिता जित्नबाट बार्सिलोनाका फर्वार्ड समेत रहेका अर्जेन्टाइन कप्तान लियोनल मेस्सी चुकेका छन् ।

यो सिजनको कोपामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनी स्वयमले आफूले सोचे जस्तो खेल्न नसकेको बताएका थिए । कोपामा उनले एक गोल मात्र गरे त्यो पनि पेनाल्टिमार्फत ।

वार्सिलोनालाई सबैखाले उपाधि जताएका मेस्सीले अर्जेन्टिनाको जर्सिमा ठूलो उपाधि जित्न सकेका छैनन् ।