चर्चित ब्रान्डका नाममा कम्पनी खोल्न प्रतिबन्ध - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

चर्चित ब्रान्डका नाममा कम्पनी खोल्न प्रतिबन्ध



काठमाडौं -अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बौद्धिक सम्पत्तिसम्बन्धी कानून ल्याउने तयारी गरिरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले प्रतिलिपि अधिकारबारे ऐनमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीले चर्चित ब्रान्डको नाममा कम्पनी खोल्ने गरेको बताए ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको उद्घाटन गर्दै मन्त्री खतिवडाले उद्योगी व्यवसायीको बौद्धिक सम्पत्तिको रक्षा गर्न मन्त्री सरकारले ऐन ल्याउने तयारी गरेको बताए । उनले बौद्धिक सम्पत्तिसम्बन्धी कानुनको मस्यौदा तयार भइसकेको र मन्त्रिपरिषदबाट पारित गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

बौद्धिक सम्पत्तिको मुद्दाका कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न हिचकिचाउने गरेको लगानी सम्मेलनमा भाग लिएका लगानीकर्ताले बताएका थिए । नेपालका अदालतमा पनि यससम्बन्धी मुद्दा चलिरहेको छ । आफ्नो व्यापारिक चिन्ह (ट्रेडमार्क) अर्कै कम्पनीले हत्याएर मुद्दामा गएपछि प्रख्यात जापानी कम्पनी कान्साईको सहायक कम्पनी कान्साई नेरोल्याकले नाम नै फेरेर केएनपी बनाएको छ ।

उद्योग विभागमा सोही नामको ट्रेडमार्क दर्ता भएकाले कान्साई नेरोल्याकले आफ्नो ट्रेडमार्कमा हकदाबी गर्दै उद्योग विभागदेखि सुरू गरेको कानुनी लडाईं उच्च अदालत पुग्दासमेत आफ्नो पक्षमा पार्न सकेको छैन ।

कान्साई नेरोल्याकको ट्रेडमार्कको मुद्दाका कारण पनि विदेशी लगानीकर्ता नेपाल आउन हच्केको केएनपीका स्थानीय साझेदार अशोक बैदले बताउँदै आएका छन् । कार्यक्रममा भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपालमा पछिल्लो समय नयाँ लगानीकर्ताका लागि काम गर्न थप सहज भएको बताए ।कारोवारमा खबर छ