वि.पि स्मृती दिवसको अवसरमा लम्कीमा रक्तदान , १ सय ३३ प्वाइन्ट रगत संकलन - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

वि.पि स्मृती दिवसको अवसरमा लम्कीमा रक्तदान , १ सय ३३ प्वाइन्ट रगत संकलन



नेत्रप्रसाद न्यौपाने
लम्की ,कैैैलाली । नेपालका प्रथम जननिर्वाचित  प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संंस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ वि.पि स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रत्तदान कार्यक्रममा १ सय ३३ प्वाइन्ट रगत संकलन भएको नेपाली कांग्रेसका युवा नेता लब बहादुर शाहीले जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति भक्त बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यक्रता लगायत अन्य व्यत्तिहरुले समेत रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महा समिति सदस्य धर्मराज न्यौपानेले मानीसको हरपलको दुःखमा नेता साथमा रहनु पर्छ । राजनीतिक ब्यक्तिको लागि होईन् जनताको सेवा र सुख दु:खमा साथ दिनका लागि गर्नु पर्छ भन्ने महान विचार बोकेका महामानव कोइरालाको स्मृति दिवसमा उहाकै सम्झनाको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

यसै विच जानकी गाउपालिकामा रहेको हिमालय राष्ट्यि उच्च माध्यामिक विद्यालयमा समेत वृक्षरोपण कार्यक्रम गरि मनाईएको छ । विद्यालय व्यवस्थापन समितका अध्यक्ष हर्क बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य धर्मराज न्यौपाने प्रमुख अतिथी रहनुभएको थियो ।

वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेस कैलाली निर्वाचान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती भक्त बहादुर थापा,निर्वतमान सभापति देवानन्द जैसी, नेपाली कांग्रेसका नेता सुर्य बहादुर बटाला,जनक थापा ,काशिराम देवकोटा लगायतले बोल्नु भएको थियो । विद्यालय परिसरमा लिप्टीस,सगुन लगायतका १ सय ५० बोटविरुवा रोपण गरिएको नेपाली कांग्रेस पथरैया का सचिब जयराज न्यौपानेले जानकारी दिनुभएको छ ।