बोल्दै नबोलेको कुरालाई फैलाएर बदनाम गर्ने कोसिस गरियो :उपसभामुख तामाङ
काठमाडौँ। प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङले आफूले बोल्दै नबोलेको कुरालाई सामाजिक संजालमा फैलाएर आफूलाई बद्नाम गर्ने कोसिस गरिएको आरोप लगाएकी छिन्।
केही दिन यता ‘गाई काटेर खान पाउने कानुन ल्याउँछु’ भनेको भन्ने समाचार केही अनलाइन समाचार माध्यममा आएपछि उपसभामुख राई चर्चामा छिन्।
राईले उक्त दिन उनको विवादास्पद वक्तव्य आएको भनिएको कार्यक्रममा आफूले बोल्दै नबोलेकाले कसरी यस्तो समाचार आयो भन्ने बारे आफैँ स्तब्ध भएको बताएकी छिन्।
उक्त दिन गाईको मासु खाएको आरोपमा पक्राऊ परेका मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनको गिरफ्तारी व्यक्तिगत रिसिबीका कारण भएको भन्दै उनीहरुलाई छाड्दिन तामाङ घेदुङले गृहमंत्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
राईले आफू गृहमन्त्रीलाई भेट्न मन्त्री क्वाटर, पुल्चोक पुगेको र संयोगवश सोही समय नुवाकोटको प्रतिनिधि मण्डलसँग आफू पनि पुल्चोक पुगेको बताइन् । उनले उक्त कार्यक्रममा घेदुङ महासचिवले मात्र बोलेकोमा आफ्नो बारेमा कसरी विवादास्पद समाचार आयो भनेर अचम्म परेको बताइन्।
आफू प्रदेश नं. ३ को उपसभामुख रहेको र आफ्नो पदीय मर्यादाबारे आफू सचेत रहेको बताउँदै उनले ‘बोल्दै नबोली कसरी यो समाचार भाइरल बन्यो त?’ भन्ने प्रश्नको जवाफमा तामाङले भनिन्, “मैले बोल्ने परे पत्रकार सम्मेलन गरेर बोल्थें।” उनले आफू चेलीबेटी बेचबिखनमा संलग्न सुनबहादुर तामाङलाई पक्राउ गर्न मा सक्रिय रूपले लागेकाले त्यसकै इबी साँध्न यो सबै भएको हुनसक्ने बताइन्।
तामाङले आफू यस घटनाको कानुनी उपचार खोज्ने तयारीमा रहेको र त्यसका लागि कानुन व्यवसायीहरूसँग परामर्श समेत थालेको बताएकी छिन्।