पर्यटन बोर्डको कार्यक्रममा मन्त्री बोल्दाबोल्दै पोर्न भिडियो कसले चलायो ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

पर्यटन बोर्डको कार्यक्रममा मन्त्री बोल्दाबोल्दै पोर्न भिडियो कसले चलायो ?



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सहभागी भएको एउटा जुम बैठकमा अनौठो घटना घटेको छ । सो कार्यक्रममा योगेश भट्टराई प्रमुख अतिथि रहेको एक जुम एपमा आयोजित भर्चुअल बैठक चल्दैगर्दा एक्कासी पोर्न भिडियो प्रसारण भएपछि तनावपुर्ण अवस्था बनेको थियो ।

नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको उक्त भर्चुअल बैठकमा पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै थिए, सहभागीहरूमाझ उनले आफ्ना मन्तब्य राखिरहेकै समयमा एकाएक पोर्न भिडियो प्रसारण भयो । उक्त भिडियो प्रसारण भएपछि सहभागीहरू तनावमा देखिए ।

एकाएक प्रसारण भएको उक्त भिडियोले सबै छाँगाबाट खसेजस्तै भए । केहीबेर सम्म आयोजक सहभागी र एडमिनसम्म कसरी यस्तो भयो अचम्ममा परे । केहीबेर त उक्त भिडियो बजेपछि तहल्का नै मच्चिएको थियो ।

नेपाल पर्यटन बोर्डद्वारा सोमबार पर्यटन सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित भर्चुअल बैठकमा एकाएक ह्याकर प्रवेश गरी पोर्न भिडियो प्रसारण गरेको खुलेको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले सम्बोधन गरिरहेकै बेला ह्यारिस नामको आईडीबाट पोर्न भिडियो बज्न थालेपछि कार्यक्रमका सहभागी सबै असिन पसिन भएका थिए । तर, केहीबेरमा ह्याकरले यस्तो हर्कत गरेको खुलेपछि हत्तपत्त भिडियो डिस्कनेक्ट गरिएको थियो ।

फाइल तस्विर