बोल्ड निर्णय सुनाउन रामचन्द्रले महाधिवेशन प्रतिनिधिलाई चियापानमा बोलाए - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

बोल्ड निर्णय सुनाउन रामचन्द्रले महाधिवेशन प्रतिनिधिलाई चियापानमा बोलाए



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनका प्रतिनिधिहरूलाई चियापानका लागि बोलाएका छन्।

उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

पौडेलले जारी महाधिवेशनको प्रक्रियाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन्।

इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र बाहिरिएका हुन्। इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन्।

किन गर्दैछन चियापान ?

पौडेलले यसअघि सभापतिको दौडबाट बाहिरिनुपरेको खण्डमा राजनीतिबाटै सन्यास लिने बताएका थिए । आफ्नै समूहका दुई नेताहरूले उम्मेद्वारी नछाडेपछि बाध्य भएर पछि हटेका पौडेलले भोलिको चियापानमा केहि घोषणा गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

पौडेलले निर्वाचन प्रतिनिधिहरूलाई निर्वाचन सकिएपछि बोलाउनुमा कुनै खास कारण हुनसक्ने उनी निकट एक नेताले बताए । राजनीतिबाट नै अवकास लिने बताएका उनले त्यसबारे प्रतिनिधिहरूसँग परामर्श गर्न सक्ने सम्भावना भएको समेत बताइएको छ ।