बोक्सीको आरोपमा बुहारीले गरिन सासुको हत्या - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

बोक्सीको आरोपमा बुहारीले गरिन सासुको हत्या



दाङ, । दाङको तुलसीपुर उपमहानगरपालिका ९ की टंकी रावतले बोक्सीको आरोपमा ६९ वर्षीय सासु खोपी रावतको हत्या गरेकी छन् ।

हत्या अभियोगमा पक्राउ गरिएको बुहारी टंकीले आफूलाई झाक्रीले घरमै बोक्सी रहेको बताएपछि सासुको हत्या गरेको स्वीकार गरेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भदौं ५ गते झारफुक गर्न झाक्रीकोमा सँगै गएका सासु–बुहारी घर फर्कने क्रममा बाटोमा हत्या भएको प्रहरीले जनाएको छ ।

लगातार बिरामी भइरहेको र झारफुक गर्न गएका सबै जसो स्थानमा सासु नै बोक्सी भएको र उनकै कारणले आफू बिरामी भइरहको भन्ने लागेपछि हत्या गरेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं २ भकममा हत्या गरेर फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । टंकी रावतलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।