बोक्सी काण्ड : सामुदायिक वनका अध्यक्ष सहित दुई जना सार्वजनिक
ललित जाग्री / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका – ५ की २० वर्षीय राधा चौधरी माथि भएको कुटपिटको घटनामा हरियाली सामुदायिक वनका अध्यक्ष चनकलाल चौधरी सहित थप दुई जना पक्राउ गरि सार्वजनिक गरेेेेको छ । पक्राउ परेकाहरुलाइ आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
पक्राउ पर्ने अन्यमा रामबहादुर चौधरीकी आमा ४१ वर्षीय सितारानी चौधरी र ३४ वर्षीय वेदप्रसाद चौधरी छन् । घटनास्थलमा उपस्थित भए पनि कुटपिट हुँदा रोक्न नखोजी मौन समर्थन गरेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ परेका हुन् भने अन्य दुईले झाँक्री लाई युवती खोज्न सहयोग गरेका थिए ।
उनीहरु लाई पक्राउ गरी मंगलबार बोक्सी आरोप कुसर तथा सजाय ऐन अन्तर्गत ७ दिन लाई म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । यस अघि घटनामा संलग्न झाँक्री राम बहादुर सहित १८ वर्षीय किस्मती चौधरी र २४ वर्षीय स्मारिका चौधरी लाई प्रहरीले पक्राउ गरिसकेको छ ।