पाँच लाख पर्ने बोकाको नाम ‘सलमान खान’ - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

पाँच लाख पर्ने बोकाको नाम ‘सलमान खान’



एजेन्सी – बलिउडमा डेब्यू भएदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहने कलाकारमा पर्छन् सलमान खान ।

कहिले हिट एण्ड रन, कहिले कृष्णसारको शिकारजस्ता काण्डहरुका कारण चर्चामा आउँछन् त कहिले आफ्ना फिल्महरुको व्यावसायिक सफलताका कारण मिडियामा छाइरहन्छन् । दर्शकहरुकाबीच अत्यन्त लोकप्रिय सलमानको बलिउडमा एकातर्फ सबैभन्दा ठूलो फ्यान फलोइङ छ भने अर्कोतर्फ उनको नाम बेचेर व्यापार गर्नेहरुको कमीसमेत छैन ।

उत्तर प्रदेशको गोरखपुरमा आजभोलि एउटा बोका निकै चर्चामा रहेको छ । खासमा उसको मालिकले उसको नाम सलमान खान राखेपछि त्यो बोकाले चर्चा कमाइरहेको हो । यही अगस्ट २३ गते मुसलमान समुदायको महान चाड इद अल–अधा रहेको छ र त्यो बोका इदका लागि बिक्रीमा रहेको छ ।

जसको मूल्य त्यसका मालिकले पाँच लाख राखेका छन् । सलमानलाई निकै मेहनत लगाएर पालिएकाले त्यसको मूल्य महँगो भएको मालिकले बताएका छन् । इद आउन अब मात्र २ दिन बाँकी रहँदा सलमानका मालिकले भनेअनुसारको मूल्य भने पाउनेछन् छैनन् हेर्न बाँकी छ ।