इजलासमा अधिवक्ता बोगटीको कडा बहस - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

इजलासमा अधिवक्ता बोगटीको कडा बहस



शुक्रबार संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता कुलबहादुर बोगटीले संसद विघटनको निर्णय असंवैधानिक भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रिया नै पुरा नगरी संसदको घाँटी निमोठ्ने काम गरेको अधिवक्ता बोगटीले बताएका हुन् ।

बोगटीले संसद पुनर्स्थापना हुनुपर्ने माग गर्दै कडा बहस गरे, ‘संविधानको धारा ७६ को उपधारा ३ को प्रक्रिया पूरा नगरी संसदको घाँटी निमोठ्ने काम भयो,’ उनले भने, ‘ त्यसैले संसद पुनर्स्थापना होस् ।’

यस्तै अर्का अधिवक्ता कृतिनाथ शर्माले प्रधानमन्त्री ओलीले राजीनामा गरेर मात्र प्रधानमन्त्रीमा आफ्नो नयाँ आधार प्रस्तुत गर्न सक्ने बताए ।

‘प्रधानमन्त्री ओलीले राजीनामा गरेर मात्र आफ्नो नयाँ आधार प्रस्तुत गर्नु पर्ने थियो । त्यही पदमा रहेर फेरि त्यही पदको आधार कसरी देखाउन सक्छन्,’ उनले प्रश्न गरे ।