मकाउमा ‘ब्लाईण्ड रक्स” चलचित्र प्रदर्शन हुने
कर्ण बहादुर अधिकारी मकाउ,चीन।
डाक्टरको लापर्बाहीका कारण आँखा ज्वति गुमाएकी सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको चलचित्र ब्लाईण्ड रक्स”(BLAND ROCKS)मकाउमा फेब्रुअरी २३ तारीकका दिन बेलुकी ६:०० बजे सन्मालो स्थित काम्पेक हलमा नेपाली जनसम्पर्क समिति मकाउको आयोजनामा प्रदर्शनी गर्ने भएको छ।आँखा गुमाए पनि जीवन देखि हार नखाई जीवनलाई प्रगतिको पथमा लम्काउन सफल भएकी केसीको सेरोफेरोमा चलचित्र निर्माण गरिएको छ।शाररीक अपाङ्गता भएका मानिसहरू पनि सपाङ्गहरूले झैँ काम गर्न सक्छ भनेर प्रमाणित गर्न खोजिएको छ भने माया प्रेमको कुराहरूलाई पनि चित्रण गरिएको छ।
उक्त चलचित्रमा बिनिशा हमाल,अर्पण थापा,गौरी मल्ल बैंकर अनिल केशरी शाह लगायतको दमदार अभिनय रहेको छ। नवराज कृष्ण थापाको छायाङ्कनमा चलचित्रमा तारा प्रकाश लिम्बु,हरि लम्साल र कल्याण सिंहले सङ्गीत दिएका छन्।कथा लेखन यम थापा र सुमन प्रीति गरेका हुन भने निर्माता निकेश लिम्बु र निर्देशन मिलन साम्सले गरेका हुन।उक्त चलचित्रबाट संकलित केही रकम हलेसी अग्नि पीडितका लागि लगानी गर्ने छ
टिकटको मूल्य १०० मोप निर्धारण गरिएको छ।टिकटको सम्पूर्ण जिम्मेवारी जनसम्पर्क समितिको मात हातमा रहने छ।नेपाली जनसम्पर्क समिति मकाउले नेपाली जनसम्पर्क समितिसँग आबद्ध भएका क्रियाशील सदस्यहरू,पुराना तथा नयाँ कार्य समितिका पदाधिकारीहरू,समितिका संस्थापक सभापति,पूर्व सभापतिसँग परामर्श र सहयोगको अपेक्षा समेत राखेको छ।उक्त चलचित्र प्रदर्शनीका लागि संयोजक नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङलाई जिम्मा दिइएको छ।