बिश्वकर्मा समाज कतारको बनभोज सम्पन्न - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

बिश्वकर्मा समाज कतारको बनभोज सम्पन्न



ओम प्रकाश बानियाँ /दोहा, कतार

विश्वकर्मा समाज कतारको बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका कार्यवाहक अध्यक्ष गम बहादुर सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजका सल्लाहाकार सम्योजक प्रेम कुमार बि.क, त्यस्तै विशेष अतिथी र अतिथिहरुमा पत्रकार नबराज बिक, कृष्ण बराल, गोपाल बि क, शिब रसाइली, धुर्व सतासङ्खर, ब्यावसायी पितम्वर बिश्वकर्मा, धुर्व बिश्वकर्मा, अर्जुन घिमिरे , इन्दु लावर लगायतका ब्यक्ति अतिथिको रुपमा रहनु भएको थियो ।

अल दोसरी पार्क साहानियामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तब्य सहित बिभिद मनोरन्जनात्मक सास्कृतिक प्रस्तुति देखाईएको थियो । समाजका महासचिव कृश्न बिश्वकर्मा तथा सदस्य सन्तोश बिश्वकर्माको साङ्गितिक प्रस्तुतिले उपस्थित सबैलाई नचाएको थियो भने अतिरिक्त कार्यक्रम म्युजिकल चियर कार्यक्रम पनि सम्पन्न भएको थियो । चार चरणको म्युजिकल चियर कार्यक्रममा समाजका सल्लाहाकार नबराज बिक प्रथम हुनुभएको थियो भने द्धितिय इन्दु लावर हुनुभएको थियो ।

दोहा कतारमा कार्यरत बिश्वकर्मा समुदायका बुद्धिजिवी समाजसेवि तथा ब्यावसाइ लगायत आम दाजुभाइ तथा दिदी बैनीहरु सङ्गको अन्तर्घुलनलाई तिब्रता दिने उद्धेस्य सहित उक्त बनभोज कार्यक्रमको आयोजना गरिएको कुरा प्रमुख अतिथि प्रेम कुमार बि. क. ले बताउनु भयो । सम्पन्न कार्यक्रममा नेपाली नयाँ बर्षको उपलक्षयमा विशेष कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा काव. अध्यक्ष गाम बहादुर सुनारले जानकारी दिनु भयो ।

कार्यक्रमको अन्त्यमा अर्जुन घिमिरे तथा इन्दु लावर बिच लाइभ दोहोरीको घम्सा घम्सिले अझै कार्यक्रमलाई रौनक थपेको थियो ।

सो कार्यक्रम महासचिव कृष्ण बिश्वकर्मा तथा सचिव टेक सागर सुनार द्वारा सन्चालन गरिएको थियो ।