भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?



नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ ।

बिहीबार अबेरराति भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले पार्टीका उम्मेदवारको नाम घोषणा गरेका हुन् ।

नाम घोषणाअघि यस पटक भाजपाले केही ठूला नेतालाई उम्मेदवार नबनाउने अनुमान लगाइएको थियो ।

यद्यपि भाजपाले ठूला नेतालाई पुनः मैदान उतार्ने भएको छ । भाजपाका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी पुनः एक पटक वाराणसीबाट लोकसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

यसैगरी भाजपाका अध्यक्ष अमित शाह गान्धी नगरबाट चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिने भएका छन् । लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति इरानी, गाजियाबाटबाट विदेश राज्यमन्त्री जनरल भीके सिंह चुनाव लड्नेछन् ।

यसपटकको सिट बाँडफाँडमा विधानसभा निर्वाचनमा आएको परिणामलाई खास ध्यान दिइएको छ भने चुनावमा पार्टीको प्रदर्शनलाई पनि ख्याल गरिएको छ ।

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी गान्धीनगरबाट सांसद छन् । आगामी चुनावका उम्मेदवारको सूचीमा आडवाणीको नाम छ्रैन ।

सूची सार्वजनिक गर्दै नड्डाले यसबारेमा केही बताएनन् । तर उनको नाम सूचीबाट काटिएको अनुमान गरिएको छ । वरिष्ठ नेता तथा पूर्वअध्यक्ष मुरली मनोहर जोशीका नाम पनि सूचीमा अटाएको छैन । यसको अर्थ उनको पनि टिकट कटौती गरिएको छ ।

अमेठीबाट चुनाव लड्न लागेकी स्मृति इरानीको प्रतिस्पर्धी काँग्रेस अध्यक्ष राहुल गान्धी हुनेछन् । हेमा मालिनी मथुराबाट चुनावी मैदानमा उत्रिनेछिन् । केन्द्रीय संस्कृति मन्त्री महेश शर्मा नोएडाबाट नै चुनावमा उठ्ने छन् ।

उत्तर प्रदेशबाट सांसद रहेका वरुण गान्धी र मेनका गान्धीको नाम यो सूचीमा छैन । वरुण सुलतानपुरबाट र मेनका पीलीभीतबाट सांसद छन् ।

जानकारका अनुसार मेनका पीलीभीतबाट चुनाव लड्न चाँहन्नन् भने वरुण पीलीभीतबाट उठ्न चाहन्छन् ।

केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाट नै चुनावमा भिड्नेछन् । बिहारका उम्मेदवारको पनि नामवली सार्वजनिक गरिएको छैन । बिहारमा भाजपाले १७ स्थानमा चुनाव लड्दैछ ।

दुई दिनमा २३ नेताले छोडे भाजपा
यसैबीच, भारतीय जनता पार्टी (भाजपा) लाई लोकसभा निर्वाचनअघि ठूलो झट्का लागेको छ । पूर्वोत्तर भारतमा पछिल्ला दुई दिनमा २३ जना नेताले भाजपा परित्याग गरेका छन् ।

अरुणाञ्चल प्रदेशमा मात्रै दुई जना मन्त्री, ६ जना विधायकसहित २० जना नेता भाजपा छाडेर नेशनल पिपुल्स पार्टी (एनपीपी) मा सामेल भएका छन् ।

गृहमन्त्री कुमार वाई, पर्यटनभन्त्री जरकार गामलिन, भाजपा महासचिव जरपुम गामबिनसहित विधायकले पार्टी छाडेर एनपीपीमा गएपछि राज्य विधानसभामा एनपीपीको संख्या अब १३ पुगेको छ । यद्यपि अझै पनि ६० सदस्यीय विधानसभामा भाजपाको समर्थनमा ४० जना विधेयक रहेका छन् ।

गत आइतबार भाजपा राज्य विधानसभाका लागि ५४ सिटमा आफ्ना उम्मेदवारको नाम घोषणा गरेको थियो । अरुणान्चल प्रदेशमा ११ अप्रिलमा दुई लोकसभा सिटसहित विधानसभा निर्वाचनका लागि मतदान हुँदैछ ।