भारतमा सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले कुटे (भिडियो) - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

भारतमा सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले कुटे (भिडियो)



एजेन्सी– भारतको उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका एकजना सांसद्ले आफ्नै पार्टीका अर्का विधायकलाई जुत्तै–जुत्ताले हिर्काएका छन् ।

घटना उत्तर प्रदेश शन्त कबिर नगरको हो, जहाँ एक बैठकका क्रममा उत्पन्न विवादमा बीजेपीका सांसद शरद त्रिपाठीले आफ्नै पार्टीका विधायक राकेश सिंहलाई जुत्ताले धमाधम हिर्काएका हुन् ।

बैठकमा दुई नेताबीच सामान्य बहस भएको र बहस उत्कर्षमा पुगेपछि त्रिपाठीले जुत्ता खोलेर सिंहलाई हिर्काउन शुरु गरेका थिए । त्रिपाठीले सिंहलाई १०–१५ पटकसम्म जुत्ताले हानेका थिए ।

जुत्ता खाएका राकेश सिंहले त्यसपछि शरद त्रिपाठीमाथि थप्पड हानेका थिए । दुई नेताबीच झगडा उत्कर्षमा पुगेपछि अवस्था साम्य पार्न बैठकमा उपस्थित नेताहरु अगाडि आएका थिए । तैपनि अवस्था साम्य नभएपछि एकजना प्रहरी अधिकारीले हस्तक्षेप गरी विवाद झगडा साम्य पारेका थिए ।

बैठकमा स्थानीय अधिकारी तथा जनप्रतिनिधिको पनि उपस्थिती थिए । झगडा पर्नुको कारणबारे स्पष्ट नभएपनि कुनै परियोजनाको विषयलाई लिएर झगडा परेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो यस्तो छ