भारतीय लोकसभा चुनाव: प्रारम्भिक मतगणना मै बिजेपी अगाडी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतीय लोकसभा चुनाव: प्रारम्भिक मतगणना मै बिजेपी अगाडी



काठमाडौं । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखिएका छन् ।

मतगणना सुरु भएको करिब ४५ मिनेटको अवधिमा सत्तारुढ गठबन्धन एनडीए ८६ स्थानमा अगाडि देखिएको छ ।

कांग्रेससहितको विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा पछि छ । यूपीएले २३ स्थानमा अग्रता लिएको छ ।

अन्य दल ३२ स्थानमा अगाडि छन् ।

भारतमा चैत २३ देखि सुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो । कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् ।

कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

चुनावलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा पनि सत्तारुढ गठबन्धन नै अगाडि रहने देखाइएको थियो ।