केजरिवालले दर्जन सिट जित्यो, ५२ स्थानमा अग्रता, भाजपाले खाता खोल्यो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

केजरिवालले दर्जन सिट जित्यो, ५२ स्थानमा अग्रता, भाजपाले खाता खोल्यो



काठमाडौं- दिल्लीको विधानसभा निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी(आप)ले फेरी भारी मतका साथ जित हात पार्ने देखिएको छ।

गत ८ फ्रेब्रुअरीमा भएको विधानसभा चुनावको मंगलबार मतगणना जारी छ। प्रारम्भिक मतगणनामा केजरीवालको आप पार्टीले निकै अग्रता लिएको छ।

भारतीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार ११ क्षेत्रमा आपले जित हात पारि सकेको छ भने ५२ क्षेत्रमा अग्रता लिइरहेको छ।

भारतीय जनता पार्टीले भने अहिलेसम्म १ क्षेत्रमा मात्रै जित हात पारेको छ । भाजपाको ६ ठाउँमा मात्रै अग्रता छ।

७० क्षेत्र रहेको विधानसभा निर्वाचनमा प्रमुख विपक्षी कांग्रेस आइले एउटा क्षेत्रमा पनि अग्रता लिन सकेको छैन्।

दिल्लीमा पछिल्लो समय आप पार्टीले लगातार चुनाव जित्दै आएको छ। सन् २०१३ को दिल्ली विधानसभा चुनावमा २८ क्षेत्रमा जित्दै दोस्रो दल बनेको थियो।

केजरीवाल अल्पमतको सरकार बनाएर ९० दिन मुख्यमन्त्री बनेका थिए।

त्यस्तै सन् २०१५ को विधानसभा निर्वाचनमा आप पार्टीले ७० मध्ये ६७ क्षेत्रमा जित हात पारेको थियो।

दुई तिहाइभन्दा धेरै मत पाएको आम आदमी पार्टीका मुख्य मन्त्री केजरीवाल दोस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका थिए।