भाजपाका नेतामाथि जुत्ता आक्रमण - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भाजपाका नेतामाथि जुत्ता आक्रमण



दिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको छ । भाजपाको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रावमाथि जुत्ता प्रहार गरिएको हो ।

प्रवक्ता रावमाथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ती व्यक्ति उत्तर प्रदेशको कानपुरका स्थायी बासिन्दा भएको बताइएको छ । उनको बारेमा विस्तृत जानकारी भने खुलाइएको छैन ।

जुत्ता प्रहारपछि पनि भाजपाका प्रवक्ता राव अत्यन्तै संयमित देखिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जुत्ता प्रहार हुँदा पनि उनले पत्रकार सम्मेलनमा आफ्नो कुरा शालिन ढंगबाट राखेको बताइएको छ ।
भारतमा यसअघि पी चिदम्बरम र अरविन्द केजरीवालमाथि पनि जुत्ता प्रहार गर्ने र कलममा प्रयोग हुने मसी (ईंक) छर्किने जस्ता घटना भइसकेका छन् ।
नवभारत टाइम्सबाट