भाजपा सबैभन्दा गरीब पार्टी, यस्तो छ भारतका दलको बैंक ब्यालेन्स - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भाजपा सबैभन्दा गरीब पार्टी, यस्तो छ भारतका दलको बैंक ब्यालेन्स



नयाँ दिल्ली /हिमाल पोस्ट

गत अप्रिल ११ तरिक देखि छिमेकी राष्ट्र भारतमा चुनाव सुरु भएको छ ।चुनावी सरगर्मी सुरु भए लगत्तै विभिन्न पार्टीका विभिन्न योजना लगाएत कर्तुत पनि बाहिरिन थालेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार भारतमा भएका सबै दलको तुलनामा बहुजन समाज पार्टी (बसपा)को सबैभन्दा धेरै बैक ब्यालेन्स देखिएको छ । हाल बसपाको हालको बैंक ब्यालेन्स ६ सय ६९ करोड भएको तथ्य पत्ता लागेको छ, जबकी २०१४ को चुनावमा सो दलको बैक रकम न्यून रहेको थियो ।

त्यसैगरी बसपालाई सहयोग गर्दै आएको समाजवादी पार्टी भने दोश्रो स्थानमा छ जसको बैक खातामा ४ सय ७१ करोड देखिएको छ । तेश्रो स्थानमा भने कांग्रेस देखिएको छ जसको खातामा १९६ करोड रहेको छ । चौथो नम्बरमा तेलुगू देशम पार्टी (टीडीपी)को १०७ करोड रहेको छ ।

तर भारतमा ठुलो भनिएको पार्टी भाजापा भने पाचौ नम्बरमा छ जसको बैक खातामा जम्मा ८२ करोड देखिएको छ । जबकी २०१७-२०१८मा कमाएको १ हजार २७ करोड चन्दामा र ७५८ करोड खर्च गरेको बताईएको छ जुन रकम पार्टीले खर्च गरेको ऐलेसम्मकै अत्याधिक हो ।