भाजापा स्पष्ट दुइतिहाई तर्फ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भाजापा स्पष्ट दुइतिहाई तर्फ



काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टीको गठबन्धनले ३ सय भन्दा बढी सिट जित्ने सम्भावना देखिएको छ ।

सरकार बनाउनका लागि यो स्पष्ट बहुमत हो । बिहान १० बजेसम्मको मत गणना परिणाम अनुसार बिजेपी गठबन्धनले ३ सय सिटमा अग्रता लिएको । विपक्षी पार्टी कांग्रेस आईको गठबन्धन मात्र १ सय १३ सिटमा अगाडि देखिएको छ ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको निर्वाचन क्षेत्र अमेठीको मतगणनामा बिजेपीकी उम्मेदवार स्मृति इरानीभन्दा ५ हजार मतले पछाडि परेका छन् ।