बिजेपीले ३५ सीट जित्दा कांग्रेसको ९ सीट-यस्तो छ यतिवेलासम्मको नतिजा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बिजेपीले ३५ सीट जित्दा कांग्रेसको ९ सीट-यस्तो छ यतिवेलासम्मको नतिजा



काठमाडौँ – भारतको लोकसभा चुनावमा कांग्रेस बढारिएको छ । साँझ ७ बजेर १९ मिनेट जाँदासम्म भारतीय जनता पार्टी (बीजेपी)ले ३५ सीट जितिसकेको छ भने २ सय ६३ सीटमा अघि छ ।

भारतीय राष्ट्रिय कांग्रेसले भने अहिलेसम्म ९ सीट जितेको छ भने ४२ सीटमा अग्रता कायम गरेको छ र अन्यले पार्टीहरूले २५ सीटमा अग्रता लिएका छन् ।

लोकसभा चुनाव अभियान चल्दा भाजपा अध्यक्ष अमित शाहले अबकी बार, ३०० पारको नारा दिएका थिए । तर चुनावी परिणाम आएपछि यो कुरा सही भएको प्रमाणित भएको छ ।

चुनाव आयोगले जारी गरेको आँकडामुताबिक भाजपा २७० सीटमा अघि छ । यही आँकडा जीतमा परिणत भएमा भाजपाले सन् २०१४ को सर्वश्रेष्ठ प्रदर्शनको कीर्तिमान तोड्नेछ । त्यतिखेर भाजपाले २८२ सीट जितेको थियो ।