पछिल्लो अपडेट - भाजपाले ३४५ सिट जित्दा काँग्रेसले ९६ सिट जित्यो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

पछिल्लो अपडेट – भाजपाले ३४५ सिट जित्दा काँग्रेसले ९६ सिट जित्यो



काठमाडौं– भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ । सो पार्टीले नतिजा अन्तिम चरणमा पुग्दा ३४४ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ ।

यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ ।

यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ ।

यस्तै अन्य साना पार्टीले ४५ सिटमा जित हासिल गर्दा यो चुनावबाट हालसम्म नै भाजपालाई १७ सिट बढी मिलिसकेको छ । गत निर्वाचनमा भाजपाले जम्मा ३३६ सिट जितेको थियो ।

यस्तै काँग्रेसको ३२ सिट बढेको छ भने तृणमुलको नतिजा खस्किएको छ । तृणमुलले गत चुनावमा ३२ सिट जितेको थियो ।

अब १९ सिटको नतिजा मात्रै आउन बाँकी रहँदा भाजपाले बहुमतको सरकार बनाउने निश्चित भएको छ ।