बिट्क्वाइन एटीएम जफत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बिट्क्वाइन एटीएम जफत



नयाँ दिल्ली। भारतीय नियामकहरुले बैङ्लुरुमा रहेको क्रिप्टोकरेन्सी एटीएम जफत गरेका छन् । त्यहाँको केन्द्रीय अपराध शाखा (सीसीबी)का प्रहरीहरुले क्रिप्टोकरेन्सी किओष्क (एटीएम) स्थापना गर्ने कम्पनी यूनोक्वाइन टेक्नोलोजिजका सह-संस्थापक हरिश बीभी भनिने उर्फ बीएन विजयकुमारलाई मङ्गलवार पक्राउ गरेका हुन् ।

लाइसेन्स बिनै एटीएम व्यवसाय चलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको कम्पनीले हालै मात्रै बैङ्गलुरुको पुरानो विमानस्थल रोडमा रहेको उक व्यवसायीक भवनमा क्रिप्टोकरेन्सीको एटीएम जडान गरेको थियो । यो भारतकै पहिलो क्रिप्टोकरेन्सी एटीएम हो ।

उक्त एटीएममा उपभोक्ताहरुले बिट्क्वाइनमा कारोबार गर्नुको साथै नगद नै राख्न र झिक्न पनि सक्थे । भारतीय केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इण्डिया’ (आरबीआईसँग) परामर्श गरेपछि मात्रै हरिशलाई पक्राउ गरिएको बताइएको छ । यस क्रममा सीसीबीले दुई ओटा ल्यापटप, एउटा मोबाइल फोन, पाँच ओटा डेबिट कार्ड, एउटा पासपोर्ट, एउटा क्रिप्टो करेन्सी उपकरण र १ लाख ७९ हजार रुपया नगद समेत जफत गरिएको थियो । एजेन्सी