जनताबाट विश्वास गुमाएर चुनाव हारेका बामदेवलाई पुन सांसद बनाउन खोज्नु दुर्भाग्य । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जनताबाट विश्वास गुमाएर चुनाव हारेका बामदेवलाई पुन सांसद बनाउन खोज्नु दुर्भाग्य ।



कर्ण अधिकारी ,नुवाकोट।

सत्ता रूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद रामवीर मानन्धर राजीनामा दिए सँगै काठमाडौँ ७ सांसद विहीन भएको छ।काठमाडौँ ७ का जनताले विश्वासका साथ भोट दिएर जिताएका सांसद मानन्धरको राजीनामाले जनताको मत र विश्वासको कदर नभएको प्रस्ट देखिएको छ।व्यक्तिगत स्वार्थका वरिपरि रुमलिएका कम्युनिस्ट शासकको रणनीति अनुरूप मानन्धरलाई राजीनामा दिन लगाएर उक्त रिक्त रहेको ठाउँमा उप-निर्वाचन गराएर बामदेव गौतमलाई जिताई संसद्मा ल्याउने तयारी गर्नु दुर्भाग्य हो ।सुनेको छु रामवीरको राजीनामा करोडौँको चलखेल भयो रे यदि यो कुरा साँच्चो हो भने जनताको मत र विश्वासको किनबेच भएन र ?

नेता गौतम आफ्नै गृह जिल्ला बर्दियामा नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका पूर्वमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका थिए।गौतमले आफूलाई हराउन पार्टीकै नेताहरूले भूमिका खेलेको भन्दै पार्टी मुख्यालयमा उजुरी समेत दिएका थिए।प्रतिनिधि सभा चुनावमा आफ्नै गृह जिल्लामा हार ब्यहोरेका गौतमले काठमाडौँ ७ बाट चुनाव जित्छन् भने कुनै ग्यारेन्टी छैन।२०७४ सालको प्रतिनिधि सभा चुनावमा काँग्रेसले काठमाडौँ ७ मा राप्रपाको उमेरवाद विक्रम बहादुर थापालाई सहयोग गरेको थियो।त्यस बखत काठमाडौँ ७ मा काँग्रेसको सङ्गठन अहिलेको तुलनामा राम्रो थिएन तर आज समय बदलिएको छ।काठमाडौँ ७ मा काँग्रेसको सङ्गठन एकदमै राम्रो छ।यदि यो समयमा काँग्रेसले सक्षम व्यक्तिलाई काठमाडौँ ७ को उमेदवार बनाउने हो भने काँग्रेसको जीत सुनिश्चित रहने छ।२०७४ सालको प्रतिनिधि सभा चुनावमा जुन विश्वास दिएर नेपाली जनताले बाम गठबन्धनलाई जिताएका थिए त्यस अनुरूप कम्युनिस्ट शासकले काम गर्न नसक्नु नै कम्युनिस्टको लागि दुर्भाग्य हो।कम्युनिस्ट सरकार आएसँगै देशमा हत्या,बलात्कार,भ्रष्ट्राचार र ब्यथिति बढ्नुले पनि नेकपाले जनताबाट विश्वास गुमाउँदै गई रहेका छन्।

बामदेव गौतम कम्युनिस्ट नेता प्रचण्डले रुचाइएका व्यक्ति हुन्।तत्कालीन एमालेका कति पय नेताहरूले नरुचाइएका नेता गौतमलाई विगतमा झैँ यस पटक पनि घात नहोला भन्न सकिदैन्।राजनीतिलाई दायाँ बायाँ तल माथि सबै कोणबाट हेर्न जरुरी छ।बर्दियामा कम्युनिस्टले नै घात गरेका कारण ७ सय भन्दा बढी मतले हार ब्यहोरेका हरुवा नेता बामदेव आज आफ्नै व्यक्तिगत स्वार्थ र कमरेड प्रचण्डको डमरुको चालमा नाच्ने नर्तकी मात्र हुन।वर्तमान अवस्थामा बामदेवको खाँचो देशलाई होइन की नेकपाका केही नेतालाई हो।बामदेव नहुँदै देशलाई केही घाटा पर्ने होइन।गौतम पनि कुर्ची भोगी हुन।प्रम ओलीले राष्ट्रिय सभा सदस्य बनाई उप प्रम सम्म गराउन सक्छु भन्दा उहाँलाई त्यो पद नहुने रे।सुन्दै छु अब नवराज सिलवाललाई राजीनामा दिन लगाएर नारायण काजी श्रेष्ठलाई उप निर्वाचन गराएर ल्याउँदै छन् रे।यो कस्तो दुर्भाग्य नेपाली जनताको मतको कदर अब हुनै छाडेको हो की के हो ? सरकारको शक्तिको चरम दुरुपयोग गर्न किन तल्लीन छन् कमरेडहरू ? एउटा उपनिर्वाचन गराउँदा एउटा क्षेत्रमा ४/५ करोड भन्दा सरकारी खर्च हुन्छ।राष्ट्रको ढुकुटीलाई यसरी पानीमा बगाउन मिल्छ ? सत्ता पक्षलाई बामदेव र नारायण काजी नै किन चाहियो ?

नेपालको संविधानमा निर्वाचन सम्बन्धी लेखिएका नीति नियमलाई पनि पुनरलेखन गर्नु पर्ने देखियो।कुनै पनि सांसद मरेमा,मगजले काम नगरेमा,फौजदारी अभियोग लागेमा त्यसको विकल्पमा उप निर्वाचन गराएर रिक्त रहेको पद पूर्ति गर्नु पर्नेमा भई राखेको कुनै अभियोग नलागेको सांसदलाई पार्टी सचिवालयको ठाडो आदेशमा राजीनामा दिन लगाएर आफूलाई मन परेको अर्थात् चुनाव हारेको,जनताबाट विश्वास गुमाएका व्यक्तिलाई करोडौँ खर्च गराएर संसद्मा ल्याउन खोज्नु दुर्भाग्य पूर्ण कुरा हो।स्मरण रहोस् विगतमा काँग्रेसले जनताको भावना अनुरूप काम गर्न नसक्दा १ नं पार्टीबाट २ नं पार्टीमा झर्नु पर्‍यो।हामीले देख्दै छौ समृद्धिका कुरा भाषणमा मात्र सीमित गरेर नेकपाको २ तिहाइको सरकार अगाडी बढ्ने हो भने यिनीहरूको हबिगत पनि काँग्रेसको झैँ हुने छ।