जनताले चौरमा थाल थापेर छाक टार्दा, मैले दशैँ भत्ता लिन सक्दिन: गोकर्ण विष्ट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

जनताले चौरमा थाल थापेर छाक टार्दा, मैले दशैँ भत्ता लिन सक्दिन: गोकर्ण विष्ट



काठमाडौं- पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फिर्ता गर्न माग गरेका छन् ।

नेता विष्टले देश र जनताले अत्यन्तै पिडा भोगिरहेका बेला दशैं भत्ता लिने कुरा सामाजिक न्यायको हिसाबले समेत यो अवस्थामा ठिक नभएको भन्दै आफूले फिर्ता गरेको घोषणा गर्दै यो निर्णय नै फिर्ता गर्न माग गरेका हुन् ।

संसदका महासचिवलाई पत्र लेख्दै जनताले चौरमा थाल थापेर छाक टारिरहेका बेला सांसदले दशैं भत्ता लिने कुरा सामाजिक न्यायको हिसाबले पनि ठीक नहुने भन्दै फिर्ता गरेको जानकारी गराएका हुन् । उनले चेकमार्फत दशैं भत्ताबापतको रकम संसद् सचिवालयलाई फिर्ता गरेका छन् ।

महामारीको समयमा पनि सांसदलाई भत्ता बाँडेको भन्दै अहिले सरकारको उक्त निर्णय निकै विवादित बनेको छ । केहि सांसदहरूले भत्ता फिर्ता गरिसकेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सबै सांसदले भत्ता फिर्ता गर्न पार्टीले निर्देशन दिइसकेको छ ।