निर्मला हत्या प्रकरण :एसपी विष्ट र प्रहरी निरीक्षक भट्ट बर्खास्त - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

निर्मला हत्या प्रकरण :एसपी विष्ट र प्रहरी निरीक्षक भट्ट बर्खास्त



काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ।

गृहमन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी पदबाट बर्खास्त गरेको हो। बुधबार दुवै जनाले प्रहरी हेडक्वाटर मार्फत सरकारले सोधेको स्पष्टीकरणको लिखित जावाफ बुझाएका थिए।

मन्त्रालयले उनीहरूले बुझाएको जवाफ चित्त नबुझेपछि दुवैलाई सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो। गत साउन १० गते साथीको घरमा पढ्न गएकी पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्।