प्रमुख निर्वाचन आयुक्तको घरमा बिष्फोट गराउने ‘विप्लव’का कार्यकर्ता - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रमुख निर्वाचन आयुक्तको घरमा बिष्फोट गराउने ‘विप्लव’का कार्यकर्ता



काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापासीस्थित घरमा बिष्फोट गराउनेहरु नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरु भएको खुलेको छ। प्रहरीले घटनामा संलग्न सो पार्टीका केही कार्यकर्तालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी गणेश ऐरका अनुसार नेकपाका केही कार्यकर्ताहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा सोही पार्टीका कार्यकर्ताले बिष्फोट गरेको पुष्टि भएको छ।

आइतबार साँझ यादबको घरमा बिष्फोट भएको थियो। बिष्फोटमा उनको घरमा सिसा फुटेका थिए भने पर्खाल भत्किएको थियो।

मंगलबार गृहमन्त्री रामबहादुर थापा तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायत निरीक्षणका लागि यादब निवास पुगेका थिए।

घटनापछि यादबको घरमा प्रहरीलाई डिउटीमा राखिएको छ।