विश्वराज पोखरेलले अदालतमा भने: सरकारले मलाई अन्याय गर्यो, न्याय दिनुपर्यो श्रीमान् - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

विश्वराज पोखरेलले अदालतमा भने: सरकारले मलाई अन्याय गर्यो, न्याय दिनुपर्यो श्रीमान्



काठमाडौं : एजाईजी विश्वराज पोखरेलले नेपाल प्रहरीको आईजीपी नियुक्तिमा आफूलाई अन्याय भएको बताएका छन्।

बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले प्रहरी संगठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा सरकारले अन्याय गरेको भन्दै आफूलाई न्याय दिन सर्वोच्चका न्यायाधीशसँग आग्रह गरे।

‘ २९ वर्ष लामो समयदेखि प्रहरी संगठनमा रहि काम गरियो। बढुवामा सरकारले अन्याय गर्यो,’ न्याय दिनुपर्यो श्रीमान्,’ उनले भने।

आईजीपी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका एआईजी पोखरेलले इजलाससमक्ष आफूसँग संगठन हाक्ने क्षमता र योग्यता रहेको भन्दै प्रहरी संगठनको जिम्मेवारी आफूले पाउनु पर्ने जिकिर गरे।

बहस सकिएको छ। सरकारले धीरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै पोखरेलले गत सोमबार सर्वोच्चमा रिट दिएका थिए। रिट निवेदनमा पोखरेलले वरीयता मिचेर आईजीपी नियुक्तिको निर्णय बदरको माग गरेका छन्।